३ चैत्र २०८२, मंगलवार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज मंगलबार प्रकाशित गर्ने तयारी गरेको छ ।
आज बेलुकासम्म नतिजा प्रकाशित गर्ने तयारी गरेको बोर्डले जनाएको छ ।


नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र तयारीमा कुनै प्राविधिक त्रुटी नभए आज बेलुकासम्म नतिजा प्रकाशित हुने बोर्डका एक सदस्यले जानकारी दिएका छन् ।
गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म लिएको परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए ।