१३ जेष्ठ २०८३, बुधबार
यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। विभागले आइतबारदेखि काठमाडौंमा ठूला मालवाहक सवारी आवागमनमा रोक लगाएको हो।
नजिकिँदै गरेको चाड दशैंलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दा माथिका ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो ।


विभागले दशैंमा काठमाडौ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ।