ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८१ सवारी चालक कारबाहीमा

होमल्याण्ड खबर

२०७६ आश्विन १२ गते, आईतवार १०:३९ मा प्रकाशित

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१ जना सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरु ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा लेन उल्लंघन गर्ने १५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८२ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, अनावश्यक हर्न बजाउने ३८ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २९ जना, टिपर कारबाहीमा ३५ जना, ब्हील लकबाट ३५ जना र अन्य ७३८ जना गरी जम्मा १ हजार ८१ जना सवारी चालक रहेका छन् ।