३ चैत्र २०८२, मंगलवार
आज देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पाैडेलले दिउँसो पनि मौसम यस्तै रहने बताए । उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर मौसम बदली छ भने पूर्व र मध्यका केही तथा पश्चिमका एक/दुई स्थानमा पानी परिरहेको छ।


पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पाैडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौं उपत्यकामा दिनभर घाम लाग्ने सम्भावना छैन।
भोलिदेखि भने मौसम क्रमिक रूपमा सुध्रिँदै जाने अनुमान गरिएको छ ।
असोज १२ गते आइतबार
दिउँसो : देशभरि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जनसहित चट्याङसमेत पर्नेछ। पूर्व र मध्यका १/२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभरि सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत पर्ने सम्भावना छ। पूर्व र मध्यका १/२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
असोज १३ गते सोमबार
दिउँसो : देशको पूर्व र मध्य भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत पर्ने सम्भावना छ।
राति : देशका पूर्व र मध्य भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत हुनेछ।
असोज १४ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ।