३ चैत्र २०८२, मंगलवार
काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरिराखेको बा४ख २०५६ नम्बरको माइक्रोबस (हाइस) तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा मैलुङ गाउँपालिका-८ घर भइ काठमाडौं बालाजु बस्ने २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारीका २२ वर्षीय हिमाल खड्का परेका छन् ।


तोडफोडबाट गाडीको अगाडि र दाहिने साइडको सीसामा क्षति भएको छ ।