३ चैत्र २०८२, मंगलवार
काठमाडौँ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँबाट बाहिरिने र भित्रिने यात्रुलाई कुनै पनि किसिमको समस्या नभएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता रविकुमार पौडेलले बताए ।


उनका अनुसार नागढुङगा–नौबिसे सडकखण्डमा पनि जाम हटेकाले काठमाडौँबाट बाहिरिने यात्रुको संख्या बढेको छ ।
गएको २४ घण्टामा काठमाडौँ उपत्यकाबाट १६ हजार गाडीबाट १ लाख ५७ हजार यात्रु बाहिरिएका छन् । १० हजार गाडीबाट ६० हजार यात्रु उपत्यका भित्रिएका छन् ।
पानी पर्ने क्रम बिस्तारै कम भएको र बाटोमा कुनै पनि अवरोध नभएकाले अब काठमाडौँबाट बाहिरिनेको संख्या बढ्दै जाने ट्राफिक प्रहरीले जनाएको छ ।