संसदको वेबसाइटबाट पनि हटाइए महरा

होमल्याण्ड खबर

२०७६ आश्विन १५ गते, बुधबार १५:३३ मा प्रकाशित

बलात्कार आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेवसाइटबाट हटाएको छ । संघीय संसदको प्रतिनिधिको वेवसाइटबाट महराको नाम हटाइएको हो ।

महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो ।

साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको हो । त्यसभन्दा तल डा शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ ।

संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती गरेको आरोप लागेपछि महराले मंगलबार(हिजो) पदबाट राजीनामा दिएका थिए ।