सभामुख पिडित रोशनी शाहीले गरिन् श्रीमानसँग डिभोर्स, यस्तो छ सहमति पत्र

होमल्याण्ड खबर

२०७६ आश्विन १६ गते, बिहीबार ११:०५ मा प्रकाशित

सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको भनेर चर्चामा आएकी रोशनी शाहीले श्रीमानसँग सम्बन्ध विच्छेदको प्रकृया अगाडि बढाएकी छिन् ।

सभामुख महरालाई बलात्कारको आरोप लगाएर पछि आफैले खण्डन गरेकी शाहीले आफ्ना श्रीमान चित्रजंग शाहीसँग डिभोर्स प्रकृया अगाडि बढाएकी हुन् ।

रोशनीका श्रीमानले दुईजनाबीचको सहमति फेसबुकबाट समेत सार्वजनिक गरेका छन् ।

यौन हिंसामा मुछिएपछि कृष्णबहादुर महराको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उनलाई पद छोड्न आग्रह गरेको थियो। मंगलबार उनले त्यसैअनुसार राजीनामा दिएका थिए।