त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस, निमित्त उपकुलपतिको नाम भने परेन

होमल्याण्ड खबर

२०७६ आश्विन १७ गते, शुक्रबार १०:०५ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ ।

उक्त सिफारिसमा बर्तमान निमित्त उपकुलपति प्रा.डा. सुधा त्रिपाठीको नाम भने परेको छैन ।

सिफारिस पर्नेमा डा. भगवान कोइराला, धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेल रहेको बालुवाटार स्रोतले जनाएको छ ।

त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जना मध्ये कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी बास्कोटा र पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा रहेको छ ।

तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको पदावधि सकिएपछि त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।