३ चैत्र २०८२, मंगलवार
पुर्वसभामुख तथा सांसद कृष्णबहादुर महरालाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका थिए ।
महरामाथि अनुसन्धानका लागि २० दिनको म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । यसमा महराको पक्राउ गरेको दिनदेखिको समय जोडिनेछ । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । महरालाई म्याद थप भएपछि अस्पतालले डिस्चार्ज नगरेकाले फेरि अस्पतालमै भर्ना हुने जानकारी छ । महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ ।

