४ चैत्र २०८२, बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान म्यानमारबाट सिधैं जापान प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी निर्धारित कार्यक्रमअनुसार त्यहाँबाट जापान प्रस्थान गर्न लागेकी हुन् ।


म्यानमारबाट थाई एयरवेजको विमान चढेकी राष्ट्रपति भण्डारी आज राति जापान पुग्ने छिन् ।
राष्ट्रपति भण्डारी जापानी सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुने कार्यक्रम छ ।
भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।