४ चैत्र २०८२, बुधबार
बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार अदालत लगिँदैछ ।
अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालत लैजाने तयारी भएको हो । यसअघि गएको असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई तीन अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।


अदालतले दिएको सो म्याद सकिएसँगै आइतबार पुनः म्याद थपको मागका लागि महरालाई अदालत लैजान लागिएको हो । थुनामा रहेका महरालाई दिउँसो अदालत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो । प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि केही दिनदेखि नर्भिक अस्पतालमा छन् ।
उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन् । महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।
त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।