४ चैत्र २०८२, बुधबार
लोकसेवा आयोगले विगतमा जस्तै नियमित कार्य तालिका अनुसार विभिन्न निकायमा शाखा अधिकृतको पदहरुमा विज्ञापन खुलाउने भएको छ ।
लोकसेवाले कात्तिक र मंसिरको अन्तिम बुधबार शाखा अधिकृतको विज्ञापन खुलाउन लागेको हो । यसअघि असोजको अन्तिम बुधबार उपसचिव र सहसचिवको दरबन्दी पूर्तिका लागि विज्ञापन खुलाइसकेको छ । यो नियमित कार्यतालिका अन्र्तगत हो ।


विगत दुई वर्षदेखि कर्मचारी भर्ना अवरुद्ध थियो । दुई वर्ष हुननसकेको दरबन्दी पूर्तिका कारण यसवर्ष दोब्बर माग हुनसक्छ । दोब्बर माग हुने भएकाले अवसरको सम्भावना पनि बढी छ ।
सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको दरबन्दी र मागको तथ्यांक संकलन गरेर लोकसेवा आयोगलाई पठाउने कार्य पूरा हुँदैछ । यसलगत्तै लोकसेवा आयोगले उक्त दरबन्दी अनुसारको कर्मचारी माग गर्नेछ । कर्मचारीको समायोजनका कारण ठूलो संख्यामा दरबन्दी रिक्त छन् ।
कतिपय कर्मचारीले समायोजनका क्रममा आफू अनुकूलको क्षेत्र बाहिर जानुपरेकाले राजीनामा समेत दिएका छन् । यसकारण पनि यसपटक बढी दरबन्दीमा अधिकृतको विज्ञापन आउनसक्ने बुझिएको छ ।