पक्राउ पूर्जी जारी गरिएका सांसद गुरुङ अदालतमा उपस्थित

होमल्याण्ड खबर

२०७६ कार्तिक ३ गते, आईतवार १५:१६ मा प्रकाशित

सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

ज्यान मार्ने उद्योग गरेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएका प्रतिनिधिसभा सदस्य गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएको हुन् । सांसद गुरुङ कार्यालय समय सुरु हुनेवित्तिकै अदालत हाजिर भएका थिए । अदालतले उनको बयान लिएको छ ।

प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो।