१० मंसिर २०८१, सोमबार
जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह आज इम्पेरियल प्यालेसमा हुँदैछ ।
नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियो आइपुगेका छन् ।
स्थानीय समयानुसार दिउँसो १ देखि १ः३० सम्म हुने समारोहमा सम्राट् नोरुहितो सेदेन– मात्सु –नो –मा (स्टेट रुम) मा आउनेछन् र उनको पछि राजप्रासाद सेवाका पदाधिकारीले तरबार, जवाहरत, राजकीय निशाना छाप आदि लिएर आउने छन् । त्यसपछि राजा नोरुहितो सिंहासनमा बस्नेछन् र राजप्रासाद सेवाका पदाधिकारीले आफूले बोकेका वस्तु सिंहासनको टेबलमा चढाउने छन् ।
साम्राज्ञी मासाको पनि स्टेट रुममा आएर आफ्नो आसनमा बस्ने छिन् ।
समारोहमा अतिथिहरुले सम्राट् र साम्राज्ञीप्रति शुभकामना तथा सम्मान जाहेर गर्ने गद्दी आरोहण अन्तरराष्ट्रिय मिडिया सेन्टरमा बाँडिएको कार्यक्रम पुस्तिकामा जनाइएको छ ।
समारोहमा सम्राट् नोरुहितोले सम्बोधन गर्ने र प्रधानमन्त्री सिन्जो आबेले बधाई मन्तव्य दिने पनि उल्लेख छ ।
साँझ अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना हुने बताइएको छ ।
सन् १९६० फेब्रुअरी २३ मा जन्मेका सम्राट् नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन भएपछि रिवा युग सुरु भएको मानिएको छ । आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उनी जापानका सम्राट् भएका हुन् ।
सम्राट आकिहितोले गद्दीत्याग गरेपछि २८ वर्षको उमेरमै युवराज घोषित अक्सफोर्ड विश्वविद्यालयमा पढेका उनका छोरा नारुहितो जापानका सम्राट हुनेछन् ।