आफ्नै स्कुलबसले किचेर विद्यार्थीको मृत्यु

होमल्याण्ड खबर

२०७६ कार्तिक ५ गते, मंगलवार १२:१८ मा प्रकाशित

ललितपुरको गोदावरी नगरपालिका–९ मा आफ्नै स्कुल बसले किचेर आठ वर्षीय विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा होली टेम्पल विद्यालय छम्पीमा कक्षा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरे रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालयको बा २ ख ५००९ नम्बरको बसले सोमबार बिहान किच्दा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले उनलाई किचेको हो ।

चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।