सामसङको प्रिमियम क्यामेरा फिचर अब नयाँ मिड–रेन्ज ग्यालेक्सी ए३० एसमा 

होमल्याण्ड खबर

२०७६ कार्तिक ७ गते, बिहीबार १०:४५ मा प्रकाशित

नेपालको सबैभन्दा ठूलो कन्ज्यूमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए३० एस प्रस्तुत गरेको छ । नयाँ ग्योलेक्सी ए ३० एसमा अझै धेरै नविनतम एवम् आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ ।

“प्रविधिमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरुमाझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी ए३० एसले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको छ,” सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी ए ३० एसमा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् । यसमा ४ हजार एमएएचको शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ । यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरुका लागि तयार गरिएको हो । यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्दछ ।

यसको मूल्य ३१ हजार ८९० रहेको छ ।