४ चैत्र २०८२, बुधबार
बल्खुमा बुधबार राति कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी २४ वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार कलंकीबाट बल्खुतर्फ जाँदै गरेको नम्बर नखुलेको कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बल्खुस्थित बयोद्या अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रही कार सहित फरार भएका चालकको खोजी भैरहेको छ ।