निवर्तमान सभामुख महराको थुनछेक बयान सुरु

होमल्याण्ड खबर

२०७६ कार्तिक १५ गते, शुक्रबार १२:५० मा प्रकाशित

आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो ।

प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले निवर्तमान सभामुख महराविरुद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको मुद्दा बिहीबार जिल्ला अदालतमा दर्ता भएको थियो ।

अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ ।