४ चैत्र २०८२, बुधबार
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको नयाँ नक्साको विरोध गर्दै विरोध प्रदर्शन गर्ने भएको छ ।
नेविसंघले बुधबार साँझ पाँच बजे काठमाडौंको माइतीघर मण्डलामा भारतको नयाँ नक्साको विरोधमा प्रदर्शन गर्न लागेको हो ।


नयाँदिल्लीबाट जारी भएको नयाँ नक्सामा भारतले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो नक्साभित्र पारेपछि विरोध हुँदै आएको छ ।
नेविसंघले भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र सरकारको धारणा माग गरेर प्रदर्शन गर्न लागेको नेताहरूले बताएका छन् ।