४ चैत्र २०८२, बुधबार
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन बन्द गरिने भएको छ । बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल समेत बन्द गरिने नागरिक समाजले जनाएको छ । आइतबार नै मसाल जुलुससमेत आयोजना गरिएको जानकारी छ ।
डडेल्धुरामा पछिल्लो समय अनसनरत डा केसीको समर्थन तथा जीवन रक्षाका लागि दिनदिनै समर्थनका विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।


अस्पतालमा अनसन नबस्ने अडान राखेका केसीलाई नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ ।
डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। डा केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ।