९ मंसिर २०८१, आईतवार
सामसङले नेपाली बजारमा नयाँ फोन भित्र्याएको छ । सामसङले ग्यालेक्सी ए२०एस नेपाल उपभोक्तामाझ प्रस्तुत गरेको हो ।
ग्यालेक्सी ए२०एस मा नयाँ विशेषताहरु राखिएका छन् । कनेक्टिभिटिको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी सेयर गर्न चाहने नयाँ पुस्ताको लागि यो फोन विशेषतः निर्माण गरिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए परिवारको नयाँ सदस्य, ग्यालेक्सी ए२०एसमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं आकर्षक डिजाइन रहेको छ । यो फोन युवा मिलेनियल्स एवं जेन्जीलाई स्मार्ट फोनको उत्कृष्ट अनुभव प्रदान गर्ने छ ।
“स्मार्टफोन विजिनेसमा ग्लोबल लिडर भएको नाताले हामी प्रयोगकर्ताहरुका लागि अत्याधुनिक आविष्कार प्रदान गर्न निरन्तर प्रयासरत छौं । ग्यालेक्सी ए२०एस को विकास ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखीगरिएको हो,” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने । स्थापितका अनुसार फोनमा शानदार डिस्प्ले, उत्कृष्ट ट्रिपल क्यामरा तथा ऐना जस्तै फिनिसिङ्गको साथ आकर्षक डिजाइन रहेको छ । लाइभ संवाद सेयर गर्न, लगातार फोटो क्याप्चर गर्न, लाइभ भिडियो स्ट्रिम गर्न तथा साझा अनुभवको साथ कनेक्ट गर्नको लागि मोबाइल फोनको प्रयोग गर्ने गरिन्छ । यस्तै आवश्यकताहरुलाई पूर्ति गर्न ग्यालेक्सी ए२०एस को आविष्कार गरिएको स्थापितले बताए । यो फोनले दैनिक जीवनलाई अझै सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । ८ एमएम स्लिम डिजाइनयुक्त यस फोन आकर्षक नयाँ रङ्गहरुमा उपलब्ध रहेको छ ।
के के छन् विशेषता?
ग्यालेक्सी ए२०एसमा आकर्षक ६.५ इन्चको एचडी इन्फिनिटी–भी डिस्प्ले रहेको छ । यसमा ४००० एमएएचको ब्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ, जसले गर्दा सहज स्ट्रिमिङ्ग एवं गेमिङ्गको मज्जा लिन सकिन्छ । ग्यालेक्सी ए२०एसमा डल्बी एटमास सराउन्ड साउन्ट प्रविधि रहेको छ ।
ग्यालेक्सी ए२०एसमा शानदार क्यामरा छ । फोनको ट्रिपल क्यामरामा १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा, एफ १.८ एपेर्चर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा ५ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ । फोनमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले अझै स्पष्ट एवं ब्राइट सेल्फि खिच्न सहयोग मिल्दछ ।
ग्यालेक्सी ए२०एसमा क्वालकोम स्न्यापड्र्यागन ४५० अक्टाकोर प्रोसेसर रहेको छ । डिभाइसमा स्लिक ८ एमएमको ऐना जस्तै फिनिसिङ्ग भएको अत्यन्त सुन्दर डिजाइन रहेको छ ।
ए२०एस हरियो, नीलो तथा कालो रंगमा उपलब्ध छ । यसमा रियर फिङ्गर प्रिन्ट स्क्यानर पनि रहेको छ ।
मूल्य
३ जीबी र्याम, ३२ जीबी इन्टरनल स्टोरेजः २० हजार ६ सय ९० रुपैयाँ
४ जीबी र्याम, ६४ जीबी इन्टरनल स्टोरेजः २३ हजार ९ सय ९० रुपैयाँ