अनशनरत डा. केसीलाई स्थानान्तरण गर्न व्यापक सुरक्षाकर्मी परिचालन

होमल्याण्ड खबर

२०७६ कार्तिक २५ गते, सोमबार १०:२५ मा प्रकाशित

डा. गोविन्द केसी ६ दिनदेखि डडेलधुरामा अनशनरत छन् । केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाब दिएको छ ।

सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए ।

किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६औं पटक अनशन बसेका केसीको सोमबार छैटौं दिन हो ।