हत्या आरोपी सांसद आलमको पक्षमा ३१ जना कानुन व्यवसायीले आजबाट बहस गर्दै

होमल्याण्ड खबर

२०७६ कार्तिक २५ गते, सोमबार ११:०३ मा प्रकाशित

बम विष्फोट घटनाका घाइतेलाइ जिँउदै जलाएर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको प्रतिवादीको तर्फबाट आज बहस सुरु भएको छ ।

कानुन व्यावसायी शेरबहादुर केसीलगायत ३१ जना कानुन व्यावसायीहरुले बहस गर्न वकालत नामा पेश गरेका छन् ।

यसअघि रौतहट जिल्ला अदालतले तीन दिन लगाएर आलमसाग बयान लिएपछि बिहीबारबाट थुनछेक बहस थालेको थियो ।

शुक्रबार सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट सात जनाले बहस गरेका थिए । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।