रौतहटको मठिया प्रहरी चौकीमा बम विष्फोट

होमल्याण्ड खबर

२०७६ कार्तिक २६ गते, मंगलवार १४:५१ मा प्रकाशित

रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको समाचार प्राप्त भएको छ । घटनामा एक प्रहरी घाइते भएको बताइएको छ ।

घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली गैरहेको जनाइएको छ ।

घटनामा संलग्न भएको शंकामा प्रहरीले एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

बम बिष्फोट गराउनुको कारण खुल्न सकेको छैन ।