दूध राम्रोसँग नउमाली पिउनुहुन्छ ? क्यान्सर हुन सक्छ

होमल्याण्ड खबर

२०७६ कार्तिक २७ गते, बुधबार १४:३४ मा प्रकाशित

धुम्रपान सेवनले मात्रै नभएर दूध पिउनेमा पनि क्यान्सर हुन सक्ने खतरा देखिएको छ । रिपोर्टका अनुसार, लुवासले केही जनावरहरूको अल्ट्रासाउन्ड गरी डाटाबेस तयार पारेको छ । जसमा, भैंसी, गाई लगायतमा पनि क्यान्सर हुने देखिएको छ ।

बैज्ञानिकहरूले अहिलेसम्म घोडामा पनि क्यान्सर हुने बताइसकेका छन् । रिर्पोटका अनुसार दूधदिने पशुहरूमा क्यान्सरको खतरा देखिएको हो ।

पशु विज्ञहरूका अनुसार, यी वस्तुहरूको दूध राम्रोसँग नउमाली पिएमा क्यान्सर हुने खतरा छ । लुवासको गायनोकोलोजी डिपार्टमेन्टका पशु बैज्ञानिक डा. आरके चन्दोलियाका अनुसार, पशुहरूको गर्भाशयमा नै क्यान्सरका केही तत्व हुने पाइएको छ ।