४ चैत्र २०८२, बुधबार
सरकारले साना तथा लामो दुरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन बन्देज गर्ने तयारी थालेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार यो कुरा यातायात व्यवस्था ऐनमा पहिल्यै व्यवस्था भएको र त्यसलाई कार्यान्वयनमा मात्र ल्याउन लागेको हो ।
त्यस्तै शहरमा गुड्ने ठुला सार्वजनिक यातायातमा भने त्यो नियम लागु नहुने उनले जानकारी दिए।


सरकारले यस्ता काम गर्दा सरोकारवाला निकायसगँ छलफल गरेर, त्यसमा आउन सक्ने समस्याको समाधान खोजेपछि मात्र निणर्य गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौला बताउछन्।