२३ फाल्गुन २०८२, शनिबार
एनएमबि बैंकले सप्तरीको सप्तकोशी नगरपालिकाका किसानलाई ८ लाख ५० हजार मूल्य बराबरको वेमौसमी तरकारीको बीउ वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायिक खेतीमा सहयोग पुर्याउने उदेश्यले १ सय २३ जना किसानलाई यो वीउ वितरण गरेको हो । कार्यक्रममा अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा २३ जना किसानलाई सोलार पम्प समेत वितरण गरेको छ ।
कार्यक्रममा बैंक कृषिमा गरिने लगानीले देशको दिगो विकासमा टेवा पुग्ने जनाएको छ । उनले वास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले बैंकले इसिमोड र अष्ट्रेलियन सरकारको संयुक्त सहकार्यमा व्यवसायिक तरकारी खेतीका लागि पहल गरेको बताएको छ ।