आफ्नो मन्त्रालयलाई एक नम्बरको मन्त्रालय बनाउँछु: नवनियुक्त मन्त्री भट्ट

होमल्याण्ड खबर

२०७६ मंसिर ५ गते, बिहीबार १५:४५ मा प्रकाशित

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् ।

बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’

सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत गराए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनी डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए ।