श्रम स्वीकृति अब अनलाइनबाटै

होमल्याण्ड खबर

२०७६ मंसिर ९ गते, सोमबार १०:५७ मा प्रकाशित

वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ ।

गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ । सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन सकिने विभागले जनाएको छ ।