अब नेपाल ल क्याम्पसले ३ सय विद्यार्थी मात्रै भर्ना लिने

होमल्याण्ड खबर

२०७६ मंसिर ९ गते, सोमबार १४:०७ मा प्रकाशित

यस वर्ष स्नातक तहअन्तर्गत नेपाल ल क्याम्पसले एलएलबी प्रथम वर्षमा तीन सयजना विद्यार्थी मात्र भर्ना लिने भएको छ ।

विगतमा क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्नुपर्दा व्यवस्थापनमा समस्या आएकाले यसपटक क्षमताअनुसार मात्रै भर्ना लिने क्याम्पसले निर्णय गरेको हो ।

त्रिवि कानुन सङकायका डीन कार्यालयबाट पनि तीन सय जना मात्र भर्ना लिन निर्देशन भएको क्याम्पसले जनाएको छ । क्याम्पसले सोमबार सार्वजनिक सूचना जारी गरेर एलएलबीमा भर्ना हुन चाहनेका लागि प्रवेश परीक्षा फाराम भर्न आह्वान गरेको छ । जसअनुसार मंसिर १० गतेदेखि २५ गतेसम्ममा प्रवेश परीक्षा फाराम भर्नुपर्ने सूचनामा जनाइएको छ ।