४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।


परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाले भने ‘उहाँ अहिले अस्पतालमै हुनुहुन्छ, नियमित चेकजाँचका लागि अस्पताल जानुभएको हो।’
यसअघि आइतबार प्रधानमन्त्री ओलीको मिर्गौलाको चौथो डायलासिस भएको थियो ।