४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रियापछि इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ ।
सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओलीको मंगबार मध्याहन्न एपेन्टिसाइटिसको शल्यक्रिया गरिएको असेन्टरले जनाएको छ ।


अपरेशनपश्चात् उनलाई सहज बनाउन भेन्टिलेटर राखेको अस्पताल स्रोतले बताएको यद्यपि सेन्टरद्धारा जारी विज्ञप्तिमा भने सो उल्लेख छैन ।
ओलीलाई निरन्तर निगरानीमा भने राखिएको र आवश्यक सम्पूर्ण व्यवस्था पनि रहेको जनाइएको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।
अन्य स्वास्थ्य समस्या पनि भएकाले उपाचारमा कति दिन लाग्ने भन्ने यकिन नभएको बताइएको छ । एपेन्डिसाइटकै शल्यक्रियामा भने ३ दिन पछि डिस्चार्ज गर्न सकिने स्रोतले जनाएको छ ।