४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएपछि बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको अस्पताल श्रोतले जनाएको छ ।


प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।
‘भर्खरै मात्र भेन्टिलेटर हटाइएको छ’, अस्पताल श्रोतले भन्यो, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको छ ।’
मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।