४ चैत्र २०८२, बुधबार
एपेन्डिसाइटको अप्रेशन गरी उपचारमै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न जाने हाईप्रोफाइल नेतालगायतलाई भेट्न रोक लगाइएको छ ।
ओलीको उपचार चलिरहेको र स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिँदै आएको अस्पतालले अहिले कसैलाई पनि भेट्न नदिइएको जनाएको छ ।


बुधबार दिउँसो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुगेधका थिए । उनले उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएर फर्किए । ‘बोल्नु भएको र स्वास्थ्यमा सुधार आएको जानकारी पाएँ’, देउवाले छोटो प्रतिक्रिया दिए ।
यस्तै बुधबारै प्रधानमन्त्री ओलीको स्वास्थ्य बुझ्नका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल पुगेका थिए । उनीहरूले पनि अस्पतालमा चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्यको जानकारी लिएर फर्किएका थिए ।