४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाँचौ पटक डायलासिस गरिएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार विहान नै एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन्।


महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो।
यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो । प्रधानमन्त्रीको आलीको एपेन्डिसाईटिसको शल्यक्रिया गर्दा जेनरल एनेस्थेसिया जुन बेहोस गराउने पक्रिया अपनाइएको थियो ।