४ चैत्र २०८२, बुधबार
तीन दिनदेखि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली खतरामुत्त रहेको चिकित्सकहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो ।
अप्रैशनको साँझ नै प्रधानमन्त्रीको डायलासिस समेत गरिएको थियो ।


प्रधानमन्त्रीको स्वास्थ्य अहिले सुधार भइरहेको र उहाँ अब केहि दिनमा नै काममा फर्कन सक्ने चिकित्सकहरु बताउछन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षा गरेभन्दा राम्रो तवरले सुधार भइरहेको चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणको तयारी पनि भइरहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।