बागलुङमा जीप दुर्घटनाः १४ को मृत्यु

होमल्याण्ड खबर

२०७६ मंसिर १७ गते, मंगलवार ११:३४ मा प्रकाशित

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

यस्तै, दुर्घटनामा अन्य ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका–७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरुष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईले पुष्टि गरे ।

थप विवरण आउन बाँकी छ ।