आज सार्वजनिक बिदा छैनः गृह मन्त्रालय

होमल्याण्ड खबर

२०७६ मंसिर २६ गते, बिहीबार ०८:१८ मा प्रकाशित

आज बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) रहेको छ ।

यसै अवसरमा आज सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेका बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिएका छन् ।

‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, आज सार्वजनिक विदा दिइएको छैन’ उनले भने ।