५ चैत्र २०८२, बिहीबार
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुका अनेक प्रश्नको सामना गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारतबाट भइरहेको अतिक्रमण रोक्न सीमाक्षेत्रमा सुरक्षा बल बढाइने बताएका छन् । थापाले सबै सीमा बिन्दुसम्म सडक निर्माणलाई पनि अघि बढाइएको उल्लेख गरेका छन् ।
भारतको तर्फबाट सीमामा निरन्तर सुरक्षा पोस्ट विस्तार भइरहेको छ । एसएसपीले सीमा सुरक्षा गरिरहेकोमा सेना पनि राखेका छन्’, उनले भने, ‘भारतको ‘काउन्टर’मा हाम्रा सीमा रक्षा सुरक्षा बल बढाइने छ । तत्काल गर्नु पर्ने सडक निर्माण पनि तीव्र पार्दैछौं । अब तीव्र गतिमा सुरक्षा बल विस्तार गरिनेछ ।’


गृहमन्त्री थापाले भारतसँगको सीमा १८०० किलोमिटर रहेको उल्लेख गर्दै तर नेपालबाट पर्याप्त सुरक्षाकर्मी राख्न नसकिएको स्वीकारे । ‘सीमना सुरक्षामा सशस्त्र प्रहरी छ । सीमासुरक्षाका निम्ति ३७ हजार संख्यामा एपीएफ छ’, उनले भने, ‘तर यो संख्या प्रयाप्त होइन ।’
गैृहमन्त्री थापाले दार्चुलाको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट विस्तारमा सरकार जुटेको उनले बताए। ‘दार्चुलामा बिओपी विस्तार गरिँदैछ’, उनले भने, ‘सीमा नजिक सशस्त्र प्रही राख्न सकिएको छैन । अब विस्तार गरिने छ ।’
भारतले हरेक किलोमिटरमा सीमा सुरक्षा बल रहेको उनले बताए । ‘भारतले हरेक किलोमिटरमा सीमा सुरक्षा पोस्ट राखेको छ । हाम्रो २५ किलोमिटरको ग्यापमा छ’, उनले भने, ‘अबनयाँ ढंगले सुरक्षा पोस्ट राख्नु जरुरी छ ।
भारततर्फ नेपालका १०२ बोर्डर आउट पोस्ट छन् । हामी अब ७० वटा थप विस्तार गर्ने योजनामा छौँ । सुरक्षाकर्मीको संख्या अपर्याप्त भएकोले दरबन्दी बढाइएको छ ।’ सीमा सुरक्षामा चुनौती रहेको उनले स्वीकारे । ‘हामीले सक्दो प्रयत्न गरेका छौँ । भारतले अतिक्रमण गरेको ३७२ किमि क्षेत्र छ । कालापनीमा मात्रै ३२ किलोमिटर विवादस्पद छ’, उनले भने, ‘सन् १९६२ भन्दाअघि अतिक्रमण देखिँदैन । त्यसभन्दा अघिको नक्साले हाम्रो सिमाना प्रष्ट देखाएको छ । हामीसँग अकाट्य प्रमाण छ ।’
भारत-चीन युद्धका क्रममा राखिएकामध्ये १७ वटा पोस्ट हटाए पनि कालापानीको नहटाएको उनले बताए। ‘कालापानीमा राखिएको पोस्ट हटाएनन् ।
पहिले नेपालको मानेका थिए’, उनले भने, ‘सन् १९६५ पछि आफ्नो नक्सामै पारे । यसबारे विगतका सरकार पनि लड्दै आएका छन् । ती भूभाग नेपालको पक्षामा ल्याउने आन्दोलनले सफलता पाइसकेको छैन ।’