सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना, १३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७६ मंसिर २९ गते, आईतवार ०९:२२ मा प्रकाशित

सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।