जेलभित्र रहेका गुन्डा नाइके बाहुनका चेला पक्राउ

होमल्याण्ड खबर

२०७६ पुष ६ गते, आईतवार १३:५५ मा प्रकाशित

केन्द्रीय कारागार सुन्धारमा रहेका गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलका चेला दुर्गा राईलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

यस्तै, प्रहरीको खोजी सूचीमा रहेका अर्का गुन्डा नाइके दावा लामाका सहयोगी विष्णु धिताललाई पनि पक्राउ गरेको छ । दुबै जनालाई कोटेश्वर र पेप्सीकोला क्षेत्रमा नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

धम्की दिएको अभियोगमा राई र अनुसन्धानका क्रममा धिताललाई नियन्त्रणमा लिइएको हो । राई केही समय अघि मात्र ५ बर्ष जेल बसेर बाहिर निस्किएका थिए ।