डीआईजी पोखरेलले सम्हाले मेट्रोको कार्यभार

होमल्याण्ड खबर

२०७६ पुष ७ गते, सोमबार १४:०६ मा प्रकाशित

प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।

डिआईजी पोखरेललाई गृह मन्त्रालयले बुधबार महानगरीय प्रहरी (मेट्रो)को आयुक्तका रुपमा काज सरुवा गरेको थियो । पोखरेलले सोमबार बिहान महानगरीय प्रहरी आयुक्तको रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

जिम्मेवारी सम्हाल्दै डिआईजी पोखरेलले महानगरीय प्रहरी प्रमुखकको रुपमा जनताले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने बताए । महानगरीय प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका पोखरेललाई महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापा, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीलगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।