५ चैत्र २०८२, बिहीबार
काठमाडौंको गुर्जुधारास्थित सानो मन्दिरमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्दै आएका ४१ वर्षीय अर्जुन बहादुर केसी रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।


प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश ३ ०२ ००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको ट्रकले आज बिहानै ठक्कर दिँदा केसीको मृत्यु भएको हो ।
कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्याउन मोटरसाइकलमा आउँदै गर्दा ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा पछाडी सवार केसीका छोरा भने सकुशल रहेका छन् ।
ठक्कर दिने ट्रक सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।