मकवानपुरको जंगलमा आगोको मुस्लो, हेलिकोप्टर दुर्घटनाको आशंका

होमल्याण्ड खबर

२०७६ पुष ९ गते, बुधबार १३:३१ मा प्रकाशित

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार बिहान आगोको मुस्लो देखिएको छ ।

बकैया गाउँपालिका–१२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँमा जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् ।

आगोको मुस्लो देखिएपछि कतिपयले हेलिकोप्टर दुर्घटना भएको अनुमान गरेका छन् ।

मुस्लो देखिएको स्थानमा हेलिकोष्टर खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडिसकेको बताइएको छ ।