प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

होमल्याण्ड खबर

२०७६ पुष ११ गते, शुक्रबार १४:४८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा गएका छन् ।

ओली नियमित डायलासिसका लागि आज शुक्रबार अस्पताल गएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस गरिँदै आएको छ ।

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो ।

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो ।