५ चैत्र २०८२, बिहीबार
मकवानपुरमा सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
आज साढे १२ बजे रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज ३४३३ नम्बरको जीप हेटौंडा–कुलेखानी–सिस्नेरी सडक खण्ड अन्तर्गत ओखरडाँडामा जिप दुर्घटना हुँदा एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।


दुर्घटनामा ५ जना पुरुष र १ जना महिला घाइते भएका छन् । जीपका चालक समेत घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।
जिप करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलि नसकेको प्रहरीले जनाएको छ ।