९ मंसिर २०८१, आईतवार
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले शनिबार कलङ्की नागढुङ्गा सडक खण्डको अनुगमन गरेका छन् । काठमाडौंका खाल्टाखुल्टीप्रति चासो देखाउँदै आएका नेम्वाङ नागढुङ्ना पुगेका हु्न ।
नागढुङ्गा सडक खण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवागमनमा समस्या हुँदै आएको छ । मन्त्री नेम्वाङले ती खाल्टाखुल्टी तत्काल पुर्न आफूसँगै गएका सडक डिभिजन कार्यालयका इन्जिनिय र सडक विस्तार आयोजनाका प्रमुख निर्देशन दिए । मन्त्री नेम्वाङको सक्रियतामा चावहिल गौशाला सडक खण्ड, चक्रपथ भित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको उनको सचिवालयले जनाएको छ ।