५ चैत्र २०८२, बिहीबार
सुन तस्करले विभिन्न नयाँनयाँ तरिका अपनाउन थालेका छन् । यस्तैमा प्रहरीले आज बिहान मलद्वारमा लुकाएर सुन तस्करी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा दुई टुक्रामा गरी ५ सय ग्राम सुन लुकाएर ल्याएका थिए ।
फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल आएका हरिरामलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।