५ चैत्र २०८२, बिहीबार
पोखरा महानगरपालिका–१४ चाउथेमा मंगलबार राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
काठमाडौंबाट बाग्लुङतर्फ जाँदै गरेको ग १ ख ९४०५ नम्बरको बस, विपरित दिशाबाट आउँदै गरेको ग २ च २७२६ नम्बरको जीप र ग १६ प ९५३७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।


दुर्घटनामा जीप चालक पोखरामै बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँको थप्रेक ६ का १९ वर्षीय रोनश गुरुङको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
जिपमा सवार २ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।